Skip to main content

Posts

सुनचाँदीको मूल्यमा गिरावट

  काठमाडौँ ।  स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा चार हजार ५०० ले गिरावट आएको  छ भने चाँदी २५ ले गिरावट आएको  छ ।  आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार ९०० र चाँदी चार हजार २८५ निर्धारण भएको छ ।  सोमबार एक तोला सुनको मूल्य दुई लाख ८२ हजार ४०० मा कारोबार भएको थियो । एक तोला चाँदीको मूल्य चार हजार ३१० मा कारोबार भएको थियो । त्यस्तै, आइतबार एक तोला सुन दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको चाँदी चार हजार ३२५ मा खरिद बिक्री भएको थियो ।  अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८१ चाँदी ५७ दशमलव ३३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ । 
Recent posts

संसद जनताको आवाज बुलन्द बनाउने लोकतान्त्रिक मञ्च:आङदेम्बे

  काठमाडौँ । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले संसदको गरिमा, प्रभावकारिता र विश्वसनीयतालाई अझ मजबुत बनाउन सबै राजनीतिक दल र सरोकारवालाको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्। संसद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संसद लोकतन्त्रको प्रमुख आधार भएकाले जनताका आवाज र सरोकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने साझा जिम्मेवारी सबैको भएको उल्लेख गरे। उनले वि।सं। २०१६ साल असार १६ गते जननिर्वाचित संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनले नेपाली जनताको लोकतान्त्रिक आन्दोलन, जनप्रतिनिधिमूलक शासन व्यवस्था र संविधानवादप्रतिको दृढ विश्वासलाई स्मरण गराउने बताए। साथै, संसदमार्फत जनचाहना र जनसरोकारका विषयलाई सम्बोधन गर्ने दायित्वप्रति पुनः प्रतिबद्ध हुने अवसरका रूपमा पनि यस दिनलाई लिनुपर्ने उनको भनाइ छ। आङदेम्बेले संसदलाई लोकतन्त्रको मेरुदण्डको संज्ञा दिँदै जनताको सार्वभौम इच्छालाई कानुन, नीति तथा राज्य सञ्चालनमार्फत कार्यान्वयन गर्ने सर्वोच्च लोकतान्त्रिक संस्थाका रूपमा यसको गरिमा कायम राख्नु सरकार, प्रधानमन्त्री, सभामुख, मन्त्री तथा सबै सांसदहरूको साझा दायित्व भएको बताए। उनका...

इन्धनको मूल्यमा गिरावट

काठमाडौं । मध्य पूर्व युद्धविराम पछि श्रीलङ्काले मङ्गलबार इन्धनको मूल्यमा छ प्रतिशत सम्म कटौती गरेको जनाइएको छ । श्रीखङ्काको पेट्रोलियम कर्पोरेसनले डिजेल २५ रुपैयाँ प्रति लिटर घटाएर ३८२ रुपैयाँ र पेट्रोल २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ कायम गरेको बताएको छ । अमेरिका र इरानले आफुहरुबीच द्वन्द्व अन्त्य गर्न वार्ता गर्ने सहमती भए पछि अन्तर्राष्ट्रिय ऊर्जाको मूल्यमा आएको तीव्र गिरावटसँगै श्रीलङ्कामा पनि उर्जाको मुल्यमा कटौती गरिएको जनाइएको छ । गत फेब्रुअरी–२८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य करिब ५० प्रतिशतले बढाएको थियो । गत फेब्रुअरी–२८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य करिब ५० प्रतिशतले बढाएको थियो 

मस्को ओब्लास्टमा ड्रोन आक्रमणमा एक शिशुको मृत्यु भएको रुसी अधिकारीहरूको दाबी

मुख्य तथ्यहरू मस्को ओब्लास्टको येगोरीयेभस्कमा ड्रोन आक्रमणका कारण छ महिनाको बच्चाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानी नजिकै हवाई प्रतिरक्षा प्रणालीले ६१ वटा ड्रोन नष्ट गरेको बताए।   ड्रोन दुर्घटनापछि येगोरीयेभस्कको एउटा घरमा क्षति पुगेको र आगो लागेको बताए। रूसको रक्षा मन्त्रालयले रूसी भूभागमा जम्मा ४१९ युक्रेनी ड्रोनहरू खसालिएको र क्रिमिया कब्जा गरिएको दाबी गरेको छ।      जुन ३० मा मस्कोलाई रातभर ड्रोन आक्रमणको निशाना बनाइएको थियो, जसको परिणामस्वरूप मस्को ओब्लास्टको येगोरीयेभस्कमा छ महिनाको बच्चाको मृत्यु भएको थियो र अन्य दुई जना घाइते भएका थिए। मस्कोका मेयर सर्गेई सोब्यानिनले रिपोर्ट गरे कि रूसी वायु रक्षाले राजधानी नजिकै आउँदै गरेका ६१ वटा ड्रोनहरूलाई रोकेको थियो, उनले भने, "शत्रु ड्रोनहरूद्वारा गरिएको अर्को ठूलो आक्रमणलाई विफल पारिएको छ। राति ८ बजेदेखि, वायु रक्षाले मस्को नजिक आउँदै गरेका ६१ वटा ड्रोनहरूलाई नष्ट गरेको छ।" येगोरीयेभस्कमा ड्रोन दुर्घटना हुँदा घरमा आगो लागेपछि बच्चाको मृत्यु भयो, स्वतन्त्र रूसी आउटलेट एस...

थाई प्रहरीले हत्या अनुसन्धानमा संलग्न अष्ट्रेलियाली व्यक्तिलाई अन्य घटनाहरूसँग जोडिएको आशंकामा अनुसन्धान गरिरहेको छ

  मुख्य तथ्यहरू थाइल्याण्डको पटायामा १७ वर्षीया थुनचानोक डोनहोम्लाको हत्याको आरोपमा अस्ट्रेलियाली पुरुष साइमन पिटर कारम्यानलाई अभियोग लगाइएको छ। डोनहोम्लाको शव रेलवे ट्र्याक नजिकै सुटकेसमा फेला परेको थियो। प्रहरीले कारम्यान र यस क्षेत्रका दुई अनसुलझेका घटनाहरू बीचको सम्भावित सम्बन्धको अनुसन्धान गरिरहेको छ जहाँ महिलाको शव पनि सुटकेसमा फेला परेको थियो। सीसीटीभी फुटेजमा कथित रूपमा डोनहोम्लालाई उनको मृत्यु हुनुभन्दा केही समय अघि कार्म्यानसँग देखाइएको छ। देश छोड्ने प्रयास गर्दा कारम्यानलाई बैंककको सुवर्णभूमि विमानस्थलमा पक्राउ गरिएको थियो। थाई प्रहरीले १७ वर्षीया बालिकाको हत्याको आरोप लागेका अष्ट्रेलियाली पुरुष साइमन पिटर कारम्यान यस क्षेत्रका अन्य दुई अनसुलझे घटनाहरूसँग सम्बन्धित हुन सक्छन् कि भनेर अनुसन्धान गरिरहेको छ। पटायामा रेलवे ट्र्याक नजिकै सुटकेसमा थुनचानोक डोनहोमलाको शव फेला परेपछि ४५ वर्षीय कारम्यानलाई सप्ताहन्तमा अभियोग लगाइएको थियो। पटाया शहर प्रहरी चौकीका सुपरिटेन्डेन्ट, प्रहरी कर्णेल अनेक स्राथोङयुले भने कि हाल कारमनलाई अन्य घटनाहरूसँग जोड्ने कुनै प्रत्यक्ष प्रमाण नभए पनि...

बीपीदेखि बालेनसम्म : प्रधानमन्त्री र प्रश्नोत्तर

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला संसद्को रोष्टममा बेहोस भएर ढलेका थिए । त्यसपछि प्रधानमन्त्रीकै मोटरमा राखेर उपचारका लागि उनलाई अस्पताल लगियो । त्यो घटनापछि संसद् परिसरमा बैठक भएका दिन एम्बुलेन्स राख्न थालिएको हो । असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउने प्रचलन छ । प्रथम जननिर्वाचित संसद्को पहिलो बैठक २०१६ साल असार १६ गते रातको ११.४५ बजे बोलाइएको थियो । त्यही दिनको स्मरणमा प्रत्येक वर्ष असार १६ संसद् दिवस मनाइन्छ । संसद् संविधान, कानून, प्रतिनिधिसभा नियमावली, विगतका अनुभव र अभ्यासका आधारमा सञ्चालन हुने जनप्रतिनिधिहरूको सर्वोच्च निकाय हो । सर्वाभौम निकाय भएका हुनाले यसले आफ्नो विधि र प्रक्रिया आफैं निर्धारण गर्न पनि सक्छ । तर सदनका हरेक काम कारबाही देश र जनताको सर्वोपरि हितमा हुनु पर्छ । संसद्लाई कानून बनाउने, देश र जनताका मुद्दामा छलफल तथा वहस चलाउने, सरकारलाई उत्तरदायी बनाउने, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख जस्ता राजकीय पदको निर्वाचन गर्ने, बजेट पारित गर्ने तथा करका दायरा निर्धारण गर्ने, संवैधानिक निकायका पदाधिकारी र सदस्यहरूको सुनवाई गर्ने, महाअभियोग लगाउ...

एनपीएलमा सट्टेबाजी गर्ने ८ भारतीय पक्राउ

नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय  पक्राउ परेका छन् ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुने गरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको आन्दा प्रदेशस्थित प्रकासम जिल्लाका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल  रहेका छन् । उनीहरूको साथबाट १५ थान मोबालाइ बरामद गरी त्यसबाट प्रविधियुक्त अनुसन्धान गरिएको पनि प्रहरीले जनाइको छ । थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको छ ।