Skip to main content

सुनचाँदीको मूल्यमा गिरावट

 काठमाडौँ ।  स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।  


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा चार हजार ५०० ले गिरावट आएको  छ भने चाँदी २५ ले गिरावट आएको  छ । 
आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार ९०० र चाँदी चार हजार २८५ निर्धारण भएको छ । 

सोमबार एक तोला सुनको मूल्य दुई लाख ८२ हजार ४०० मा कारोबार भएको थियो । एक तोला चाँदीको मूल्य चार हजार ३१० मा कारोबार भएको थियो । त्यस्तै, आइतबार एक तोला सुन दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको चाँदी चार हजार ३२५ मा खरिद बिक्री भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८१ चाँदी ५७ दशमलव ३३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ । 


Comments

Popular posts from this blog

बीपीदेखि बालेनसम्म : प्रधानमन्त्री र प्रश्नोत्तर

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला संसद्को रोष्टममा बेहोस भएर ढलेका थिए । त्यसपछि प्रधानमन्त्रीकै मोटरमा राखेर उपचारका लागि उनलाई अस्पताल लगियो । त्यो घटनापछि संसद् परिसरमा बैठक भएका दिन एम्बुलेन्स राख्न थालिएको हो । असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउने प्रचलन छ । प्रथम जननिर्वाचित संसद्को पहिलो बैठक २०१६ साल असार १६ गते रातको ११.४५ बजे बोलाइएको थियो । त्यही दिनको स्मरणमा प्रत्येक वर्ष असार १६ संसद् दिवस मनाइन्छ । संसद् संविधान, कानून, प्रतिनिधिसभा नियमावली, विगतका अनुभव र अभ्यासका आधारमा सञ्चालन हुने जनप्रतिनिधिहरूको सर्वोच्च निकाय हो । सर्वाभौम निकाय भएका हुनाले यसले आफ्नो विधि र प्रक्रिया आफैं निर्धारण गर्न पनि सक्छ । तर सदनका हरेक काम कारबाही देश र जनताको सर्वोपरि हितमा हुनु पर्छ । संसद्लाई कानून बनाउने, देश र जनताका मुद्दामा छलफल तथा वहस चलाउने, सरकारलाई उत्तरदायी बनाउने, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख जस्ता राजकीय पदको निर्वाचन गर्ने, बजेट पारित गर्ने तथा करका दायरा निर्धारण गर्ने, संवैधानिक निकायका पदाधिकारी र सदस्यहरूको सुनवाई गर्ने, महाअभियोग लगाउ...

इन्धनको मूल्यमा गिरावट

काठमाडौं । मध्य पूर्व युद्धविराम पछि श्रीलङ्काले मङ्गलबार इन्धनको मूल्यमा छ प्रतिशत सम्म कटौती गरेको जनाइएको छ । श्रीखङ्काको पेट्रोलियम कर्पोरेसनले डिजेल २५ रुपैयाँ प्रति लिटर घटाएर ३८२ रुपैयाँ र पेट्रोल २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ कायम गरेको बताएको छ । अमेरिका र इरानले आफुहरुबीच द्वन्द्व अन्त्य गर्न वार्ता गर्ने सहमती भए पछि अन्तर्राष्ट्रिय ऊर्जाको मूल्यमा आएको तीव्र गिरावटसँगै श्रीलङ्कामा पनि उर्जाको मुल्यमा कटौती गरिएको जनाइएको छ । गत फेब्रुअरी–२८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य करिब ५० प्रतिशतले बढाएको थियो । गत फेब्रुअरी–२८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य करिब ५० प्रतिशतले बढाएको थियो 

एनपीएलमा सट्टेबाजी गर्ने ८ भारतीय पक्राउ

नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय  पक्राउ परेका छन् ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुने गरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको आन्दा प्रदेशस्थित प्रकासम जिल्लाका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल  रहेका छन् । उनीहरूको साथबाट १५ थान मोबालाइ बरामद गरी त्यसबाट प्रविधियुक्त अनुसन्धान गरिएको पनि प्रहरीले जनाइको छ । थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको छ ।