Skip to main content

Contact Us

Comments

Popular posts from this blog

एनपीएलमा सट्टेबाजी गर्ने ८ भारतीय पक्राउ

नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय  पक्राउ परेका छन् ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुने गरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको आन्दा प्रदेशस्थित प्रकासम जिल्लाका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल  रहेका छन् । उनीहरूको साथबाट १५ थान मोबालाइ बरामद गरी त्यसबाट प्रविधियुक्त अनुसन्धान गरिएको पनि प्रहरीले जनाइको छ । थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको छ ।

१८ वर्ष लामो पर्खाइपछि आरसीबीले अन्ततः आईपीएल जित्न सफल भयो, जसले गर्दा यो भारतीय क्रिकेटमा एउटा अविस्मरणीय क्षण बन्यो।

१८ वर्ष लामो पर्खाइपछि आरसीबीले अन्ततः आईपीएल जित्न सफल भयो , जसले गर्दा यो भारतीय क्रिकेटमा एउटा अविस्मरणीय क्षण बन्यो। अहमदाबादको रातको आकाश आतिशबाजीले भरिएको थियो , तर त्यो ठूलो र आगोको दृश्यले मैदान हल्लियो। आईपीएलमा धेरै संघर्ष गरेको रोयल च्यालेन्जर्स बेंगलुरुले अन्ततः प्रतियोगिता जित्यो। १८ वर्षमा धेरै नजिकको हार बेहोरेपछि , रोयल च्यालेन्जर्स बैंगलोरले अन्ततः आफ्नो पहिलो आईपीएल ट्रफी जित्यो। रंगशालामा भावनाहरू यति उच्च थिए कि खुशी एकदमै वास्तविक र प्रत्यक्ष थियो।   खेलाडीहरू आफ्ना भावनाहरूले भरिएका खेलकुद प्रशंसकहरूको भीडले खेलाडीहरूले आफ्ना भावनाहरू हरेक सम्भावित तरिकाले व्यक्त गरेको देखे। एक दशकभन्दा बढी समयदेखि आरसीबीका लागि यति महत्त्वपूर्ण खेलाडी विराट कोहलीले आकाशतिर हेर्दै मैदानमा घुँडा टेकेर आँसु झारेका थिए। यो उनको लागि केवल जित मात्र थिएन - यो आफूलाई प्रमाणित गर्ने तरिका थियो र उनको व्यावसायिक जीवनमा एक प्रमुख मोड थियो। डु प्लेसिसले आफ्ना सहकर्मीहरूलाई अँगालो हाले किनभने उनको नेतृत्वले उनलाई सधैं परिभाषित गर्ने उपलब्धिको क्रममा चम्किरहेको थियो। रजत पाटीदार र...

‘इको म्युजियम’को प्रचार प्रसार आवश्यक

  मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–३ स्थित पुथाङ विमानस्थल नजिकै पाखोमा ‘मुस्ताङ इको म्युजियम’ सञ्चालनमा छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संयुक्त लागत साझेदारीमा यहाँ सन् १९९७ मा ‘म्युजियम’ स्थापना गरिएको हो । सुरुवाती चरणमा जाइकाले एक्याप जोमसोमलाई म्युजियमको स्वामित्व हस्तान्तरण गरेको थियो । एक्यापले सञ्चालनको जिम्मा पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थाको टोलीलाई जिम्मा दिएको थियो । दुई तल भवनमा सञ्चालनमा रहेको यो म्युजियम विसं २०७२ को महाभूकम्पले क्षति तुल्याएको थियो । त्यसपछि सात वर्षसम्म म्युजियम बन्द भयो । पुनः निर्माण हुन नसकेपछि एक्यापले विसं २०७६ घरपझोङ गाउँपालिकालाई स्वामित्व हस्तान्तरण गर्‍यो । गाउँपालिकाले भौतिक संरचनालाई पुनः निर्माण गरेको थियो । तत्पश्चात् गाउँपालिकाले पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थालाई नै वार्षिक ५० हजार भाडा बुझाउने गरी जिम्मा दिएको छ । हाल संस्थाले दुई जना कर्मचारी राखेर म्युजियम सञ्चालन गरिरहेको त्यहाँ कार्यरत नारायणी गुरुङले जानकारी दिइन् । उचित व्...