Skip to main content

‘इको म्युजियम’को प्रचार प्रसार आवश्यक

 मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–३ स्थित पुथाङ विमानस्थल नजिकै पाखोमा ‘मुस्ताङ इको म्युजियम’ सञ्चालनमा छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संयुक्त लागत साझेदारीमा यहाँ सन् १९९७ मा ‘म्युजियम’ स्थापना गरिएको हो ।


सुरुवाती चरणमा जाइकाले एक्याप जोमसोमलाई म्युजियमको स्वामित्व हस्तान्तरण गरेको थियो । एक्यापले सञ्चालनको जिम्मा पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थाको टोलीलाई जिम्मा दिएको थियो । दुई तल भवनमा सञ्चालनमा रहेको यो म्युजियम विसं २०७२ को महाभूकम्पले क्षति तुल्याएको थियो । त्यसपछि सात वर्षसम्म म्युजियम बन्द भयो । पुनः निर्माण हुन नसकेपछि एक्यापले विसं २०७६ घरपझोङ गाउँपालिकालाई स्वामित्व हस्तान्तरण गर्‍यो । गाउँपालिकाले भौतिक संरचनालाई पुनः निर्माण गरेको थियो ।


तत्पश्चात् गाउँपालिकाले पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थालाई नै वार्षिक ५० हजार भाडा बुझाउने गरी जिम्मा दिएको छ । हाल संस्थाले दुई जना कर्मचारी राखेर म्युजियम सञ्चालन गरिरहेको त्यहाँ कार्यरत नारायणी गुरुङले जानकारी दिइन् । उचित व्यवस्थापनको अभावमा स्थापनाको २८ वर्ष पुग्दा म्युजियम ओझेलमा पर्न थालेको उनको भनाइ छ । 


व्यवस्थापन र आवश्यक प्रचार प्रसारको अभावमा अपेक्षा गरिए अनुरूप पर्यटक भित्र्याउन नसकिएको धेरैको गुनासो छ।  बर्सेनि वैशाख, जेठ, असोज र कात्तिक महिनामा भने यहाँ आउनेको सङ्ख्या केही बढ्ने गरेको गुरुङले बताइन् । 


“केही प्रयास नभएका होइनन्, म्युजियमको विशेषता झल्काउने ‘ब्रोसर’ निर्माण गरी पर्यटन व्यवसायीलाई वितरण गरिएको छ । विभिन्न खोज अनुसन्धानकर्ताका लागि उपयोग हुने खालका सामग्रीहरू व्यवस्थित गरिएका छन् । म्युजियमभित्र मुस्ताङ जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विशेषता झल्काउने सामग्रीहरू राखिएका छन्”, गुरुङले भनिन्,“यहाँको कृषि, पर्यटन, जैविक विविधतासँगै प्राकृतिक जडीबुटी, खनिज तथा वनस्पति, शालिग्राम शिला, लाइब्रेरी, वेशभूषा र फोटो ग्यालरी राखिएका छन् । अब यसको व्यापक प्रचारको खाँचो छ ।”


यसैगरी, यहाँ मुस्ताङको प्राचीन धर्म संस्कृति झल्काउनेदेखि एकाइ कावागुचीका तस्बिर तथा अभिलेख सङ्ग्रहित गरिएका छन् । एउटै छातामा समग्र मुस्ताङ जिल्लाको विषयवस्तु थाहा पाउन सकिने भएकाले यहाँको इको म्युजियम मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि लाभदायी हुने स्थानीयहरू बताउँछन् । 


आवश्यक प्रचार प्रसार गर्न सके मुक्तिनाथ दर्शन गर्न आउने र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकहरू इको म्युजियम हेर्न आउने अवस्था बन्ने छ । 


पछिल्लो समय पुथाङ विमानस्थल नजिक दक्षिण/पश्चिमको १६ रोपनी भिरालो स्थानमा रहेको यस इको म्युजियमसम्म जान गाउँपालिकाले रेलिङसहितको सिँढी, बाटो र स्वागत गेट निर्माण गरेको छ । म्युजियमको परिसरमा  स्याउलगायत सल्ला, धूपीका बिरुवा रोपण गरिएका छन् । पुथाङ विमानस्थलबाट पैदलै १० मिनेटमा पुग्न सकिने अवस्था छ ।  

Comments

Popular posts from this blog

बीपीदेखि बालेनसम्म : प्रधानमन्त्री र प्रश्नोत्तर

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला संसद्को रोष्टममा बेहोस भएर ढलेका थिए । त्यसपछि प्रधानमन्त्रीकै मोटरमा राखेर उपचारका लागि उनलाई अस्पताल लगियो । त्यो घटनापछि संसद् परिसरमा बैठक भएका दिन एम्बुलेन्स राख्न थालिएको हो । असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउने प्रचलन छ । प्रथम जननिर्वाचित संसद्को पहिलो बैठक २०१६ साल असार १६ गते रातको ११.४५ बजे बोलाइएको थियो । त्यही दिनको स्मरणमा प्रत्येक वर्ष असार १६ संसद् दिवस मनाइन्छ । संसद् संविधान, कानून, प्रतिनिधिसभा नियमावली, विगतका अनुभव र अभ्यासका आधारमा सञ्चालन हुने जनप्रतिनिधिहरूको सर्वोच्च निकाय हो । सर्वाभौम निकाय भएका हुनाले यसले आफ्नो विधि र प्रक्रिया आफैं निर्धारण गर्न पनि सक्छ । तर सदनका हरेक काम कारबाही देश र जनताको सर्वोपरि हितमा हुनु पर्छ । संसद्लाई कानून बनाउने, देश र जनताका मुद्दामा छलफल तथा वहस चलाउने, सरकारलाई उत्तरदायी बनाउने, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख जस्ता राजकीय पदको निर्वाचन गर्ने, बजेट पारित गर्ने तथा करका दायरा निर्धारण गर्ने, संवैधानिक निकायका पदाधिकारी र सदस्यहरूको सुनवाई गर्ने, महाअभियोग लगाउ...

इन्धनको मूल्यमा गिरावट

काठमाडौं । मध्य पूर्व युद्धविराम पछि श्रीलङ्काले मङ्गलबार इन्धनको मूल्यमा छ प्रतिशत सम्म कटौती गरेको जनाइएको छ । श्रीखङ्काको पेट्रोलियम कर्पोरेसनले डिजेल २५ रुपैयाँ प्रति लिटर घटाएर ३८२ रुपैयाँ र पेट्रोल २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ कायम गरेको बताएको छ । अमेरिका र इरानले आफुहरुबीच द्वन्द्व अन्त्य गर्न वार्ता गर्ने सहमती भए पछि अन्तर्राष्ट्रिय ऊर्जाको मूल्यमा आएको तीव्र गिरावटसँगै श्रीलङ्कामा पनि उर्जाको मुल्यमा कटौती गरिएको जनाइएको छ । गत फेब्रुअरी–२८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य करिब ५० प्रतिशतले बढाएको थियो । गत फेब्रुअरी–२८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य करिब ५० प्रतिशतले बढाएको थियो 

एनपीएलमा सट्टेबाजी गर्ने ८ भारतीय पक्राउ

नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय  पक्राउ परेका छन् ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुने गरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको आन्दा प्रदेशस्थित प्रकासम जिल्लाका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल  रहेका छन् । उनीहरूको साथबाट १५ थान मोबालाइ बरामद गरी त्यसबाट प्रविधियुक्त अनुसन्धान गरिएको पनि प्रहरीले जनाइको छ । थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको छ ।